२ कार्तिक २०८१, शुक्रबार । October 19, 2024

मनोरञ्जन

गायिका इन्दिरा जोशी २ बर्षदेखि प्रेममा



काठमाडौँ ६ फागुन ।  गायिका इन्दिरा जोशी २ बर्षदेखि प्रेममा रहेको खुलेको छ ।

इन्दिरा आफैले सामाजिक संजालमा स्टाटस लेख्दै २ बर्षदेखि आफू प्रेममा रहेको खुलाएकी छिन् । इन्दिराले लेखेकी छिन्–‘उनले मलाई म तिम्रो स्टार र तिमी मेरो चन्द्रमा भन्छन् । हामी २ बर्षदेखि एकसाथ छौं र अझै कैयौ बर्ष एकसाथ अगाडि बढ्ने वाचा गरेका छौं । जिन्दगीको अन्तिम श्वास रहेसम्म हामी एकसाथ हुनेछौं ।’

इन्दिरालाई उनका प्रेमीले मायामा वाचा गर्दै रिङ पनि लगाइदिएका छन् । इन्दिराले प्रेमीको तस्वीर भने सार्वजनिक गरेकी छैनन् ।

प्रकाशित : ६ फाल्गुन २०७७, बिहिबार ००:००