३ कार्तिक २०८१, शनिबार । October 20, 2024

Uncategorized

प्रधानमन्त्रीको उपस्थितिमा विषेश सांस्कृतिक कार्यक्रम हुने




काठमाडौँ ६ फागुन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल प्रज्ञा–प्रतिष्ठानको संयुक्त आयोजनामा फागुन ७ गते ‘राष्ट्रिय कविता तथा निबन्ध प्रतियोगिता’का साथै साहित्यिक तथा सांस्कृतिक कार्यक्रम हुने भएको छ ।

७१ औँ राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा प्रज्ञा भवन, कमलादीमा आयोजना हुने उक्त कार्यक्रमलाई प्रजातन्त्र दिवस मूल समारोह समितिका अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सम्बोधन गर्नै नेपाल प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव प्रा. जगत्प्रसाद उपाध्यायले जानकारी दिएका छन् ।
कविता तथा निबन्ध प्रतियोगिताका लागि राष्ट्रिय भावना प्रतिविम्बन हुने गरी कविता र ‘राष्ट्रिय समृद्धिको यात्रामा युवावर्गको दायित्व’ शीर्षकमा निबन्ध माग गरिएको थियो । कविता र निबन्ध दुबै विधातर्फ प्रथमतर्फ रु. ५० हजार, द्वितीयतर्फ रु. ४० हजार र तृतीयतर्फ रु. ३० हजार नगद र प्रमाणपत्र पुरस्कार रहेको सदस्य सचिव प्रा. उपाध्यायले जानकारी दिएका छन् ।

उक्त कार्यक्रममा सरकारका उपप्रधानमन्त्री र मन्त्रीहरूका साथै सबै सरकारी निकायका उच्च पदाधिकारीहरूको उपस्थिति रहने र उक्त कार्यक्रमको नेपाल एकेडेमी फेसबुक पेजबाट प्रत्यक्ष प्रसारणको व्यवस्था मिलाइएको प्राज्ञ सभा सदस्य तथा सञ्चार संयोजक शशी लुमुम्बूले जानकारी दिएका छन् ।

प्रकाशित : ६ फाल्गुन २०७७, बिहिबार ००:००