३ कार्तिक २०८१, शनिबार । October 20, 2024

मुख्य खबर

महिला लघुवित्तले विक्री गरेको आइपीओमा अत्यधिक आवेदन



काठमाडौँ ६ फागुन । महिला लघुवित्तले विक्री गरेको आइपीओमा अत्यधिक आवेदन परेको छ । आवेदन दिने अन्तिम समय बुधवार साँझ ५ बजेसम्ममा १५ लाख ८० हजार ७ सय ८१ जना आवेदकबाट २ करोड ४६ लाख ६६ हजार १७० कित्ताको लागि आवेदन परेको बताइएको छ ।

नेपाल इन्फ्रास्ट्रक्चर बैंक निफ्रा को आईपिओमा १४ लाख ८१ हजार २ सय ८४ जनाको आवेदन परेको थियो । महिला लघुवित्तको आइपीओले निफ्राको यो रेकर्ड ब्रेक गरेको बताइएको छ ।

महिला लघुवित्तले माघ ३० गतेदेखि आईपिओ बिक्रि खुला गरेको थियो । कम्पनीले ४ करोड रुपैयाँ बराबरको ४ लाख कित्ता शेयर निष्काशन गरेको बताइएको छ ।

कम्पनीले ५ हजार कित्ता कम्पनीका कर्मचारीहरुलाई र २० हजार कित्ता सामुहिक लगानी कोषहरुलाई छुट्याएको छ । बाँकि ३ लाख ७५ हजार कित्ताको लागि सर्वसाधारणबाट आवेदन माग गरिएको थियो ।

प्रकाशित : ६ फाल्गुन २०७७, बिहिबार ००:००