२४ माघ २०८१, बिहिबार । February 6, 2025

समाचार

गाडीको ठक्करबाट एक बालकको मृत्यु भएपछि स्थानीले गाडी नै जलाइदिए



काठमाडौँ ६ फागुन । कालिकोटमा गाडीको ठक्करबाट एक बालकको मृत्यु भएपछि स्थानीले ठक्कर दिने गाडी नै जलाइदिएका छन् ।

भे १ ज ११४९ नम्बरको गाडीले ठक्कर दिदा बुधबार साँझ रास्कोट नगरपालिका–७, सान्नीघाट बजारका तीन वर्षीय प्रेम सिम्खडाको मृत्यु भएको थियो । सिम्खडाको मृत्युपछि आक्रोशित स्थानीयले ठक्कर दिने गाडीनै जलाइदिएका हुन् ।
घटनास्थलमै बालकको मृत्यु भएपछि स्थानीले गाडीमा आगजनी गरेको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख डीएसपी चक्रबहादुर शाहले जानकारी दिए ।

डीएसपी शाहीका अनुसार घटनास्थलमा सुरक्षाकर्मी पुग्न ढिलाइ हुँदा आक्रोशित स्थानीयले गाडीमा नै आगजनी गरेका थिए ।

प्रकाशित : ६ फाल्गुन २०७७, बिहिबार ००:००