२ कार्तिक २०८१, शुक्रबार । October 18, 2024

मनोरञ्जन

लक्ष्मी बर्देवा र जीवन भट्टराईको अभिनयमा रहेको नयाँ भिडियो सार्वजनिक



काठमाडौँ ५ फागुन । लक्ष्मी बर्देवा र जीवन भट्टराईको अभिनयमा रहेको नयाँ भिडियो सार्वजनिक भएको छ । गित अर्जुन राना मगरको स्वरमा सार्वजनिक भएको हो । तिम्रै नाम बोलको यो गीतमा भानु ओलीले शब्द दिएका छन् भने अनिल फाँगोको संगीत छ।

गीतको म्युजिक भिडियोमा र बालकलाकार सुमित अधिकारी र रिया हमालको अभिनय तथा प्रस्तुति छ। लक्ष्मी र जीवन दुवै रंगमञ्चमा सक्रिय छन्। दुई बाल्यकालिन साथी बीचको सम्बन्ध भिडियोको कथाले देखाउन खोजेको छ।

लक्ष्मी र जीवन आफ्नै निर्देशनमा तयार भएको भिडियोमा बुद्ध थापाको सिनेमेटोग्राफी रहेको छ।

यसमा सागर दहालले सहायक निर्देशकको भूमिका निर्वाह गरेका छन्। भिडिओ सम्पादन विष्णु खड्काले गरेका छन्।

प्रकाशित : ५ फाल्गुन २०७७, बुधबार ००:००