२८ आश्विन २०८१, सोमबार । October 15, 2024

मुख्य खबर

बिहीबारदेखि देशभर मौसम क्रमिकरुपमा सुधार हुने



काठमाडौँ ५ फागुन ।   बिहीबारदेखि देशभर मौसम क्रमिकरुपमा सुधार हुने भएको छ । पश्चिमी वायुको प्रभावले विगत केही दिनयता देशको अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदलीका साथै उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपात भएको थियो ।

आज रातिदेखि उक्त प्रणाली कमजोर भई बाहिरिने भएकाले बिहीबारदेखि देशभर मौसम सफा भई राम्रोसँग घाम लाग्ने मौसमविद्ले बताएका छन् । उनका अनुसार यस प्रणाली सक्रिय नभएकाले ठूलो हुन सकेन । वर्षा हुनका लागि पश्चिमी वायुसँगै प्राप्त मात्रमा जलवाष्युक्त बहनु पर्छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ६।५ डिग्री र अधिकतम तापक्रम २२।५ डिग्री सेल्सियस रहेको छ । त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम –२।७ डिग्री सेल्सियस रहेको छ ।

प्रकाशित : ५ फाल्गुन २०७७, बुधबार ००:००