२ कार्तिक २०८१, शुक्रबार । October 19, 2024

समाचार

नेपाल आयल निगमले एक सातामै पुनः पेट्रोलियम पदार्थको भाउ बढायो



काठमाडौँ ५ फागृुन । नेपाल आयल निगमले एक सातामै पुनः पेट्रोलियम पदार्थको भाउ बढाएको छ । मंगलबार राति १२ बजेदेखि लागू हुनेगरी डिजेल, पेट्रोल, मट्टितेल आन्तरिक हवाई इन्धनको भाउ लिटरमा दुई रुपैयाँले बढाइएको निगमले जनाएको छ ।

बढेको मूल्यपछि काठमाडौं उपत्यकामा पेट्रोल प्रतिलिटर ११४, डिजेल तथा मट्टितेलको ९७ र आरिक हवाई इन्धनको भाउ ६७ रुपैयाँ कायम भएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले बताएका छन् ।

प्रकाशित : ५ फाल्गुन २०७७, बुधबार ००:००