४ कार्तिक २०८१, आइतबार । October 20, 2024

Breaking

निर्वाचन आचारसंहिता जारी गर्ने तयारी अन्तीम चरणमा



 काठमाडौँ ४ माघ ।  निर्वाचन आयोगले आउँदो वैशाख १७ र २७ गते तय गरिएको निर्वाचनका लागि निर्वाचन आचारसंहिता जारी गर्ने तयारी अघि बढाएको बुझिएको छ ।

आयोगले निर्वाचन आचारसंहिताको प्रारम्भिक मस्यौदा तयार गरिसकेको छ भने त्यसबारे राजनीतिक दलहरुबाट सुझाव लिने प्रक्रिया अघि बढाइएको प्रवक्ता राजकुमार श्रेष्ठले बबताएका छन् ।

दुई चरणमा गर्ने तय गरिएको निर्वाचनका लागि निर्वाचन आचारसंहिता २०७७ मस्यौदाको विषयमा संघ, प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गर्ने दलहरुबाट सुझाव लिने क्रम आइतबार शुरु गरिएको थियो । आयोगले तयार पारेको आचारसंहिताको मस्यौदामा राजनीतिक दल, उम्मेदवार तथा भ्रातृ संगठनलाई लाग्ने आचारसंहिता तथा उनीहरूले पालना गर्नुपर्ने सम्बन्धका बारेमा छलफल भएको थियो ।

आयोगले तयार पारेको मस्यौदामा संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहलाई लाग्ने, सुरक्षा निकायलाई लाग्ने, संवैधानिक निकायलाई लाग्ने, निजामती कर्मचारीलाई लाग्ने र विभिन्न संघसंस्थालाई लाग्ने आचारसंहिताका प्रावधानहरु राखिएको छ ।

नेकपाको विवाद नटुंग्याउँदै आचारसंहिता जारी गर्न लागेकोमा नेकपाका पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्षले आपत्ति व्यक्त गर्दै आएका छन् ।

प्रकाशित : ४ फाल्गुन २०७७, मंगलबार ००:००