१ चैत्र २०८१, शनिबार । March 15, 2025

International

सेनाले प्रदर्शनलाई निस्तेज पार्न सडकमा बख्तरबन्द गाडी निकाल्यो



काठमाडौँ ३ फागुन । दुई साताअघि कू मार्फत् सत्ता हत्याएको म्यानमारको सेनाले प्रदर्शनलाई निस्तेज पार्न सडकमा बख्तरबन्द गाडी निकालेको छ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आइतबार साँझ राजधानी नेपिदअसहित व्यापारिक सहर रंगुन, राखिन प्रान्तको राजधानीलगायत सहरका सडकमा बख्तरबन्द गाडी गुडेका छन्।

फेब्रुअरी १ मा सेनाले सत्ता लिएपछि पछिल्लो साता म्यानमारमा दिनदिनै ठूल्ठूला प्रदर्शनहरू भइरहेका छन्।

प्रकाशित : ३ फाल्गुन २०७७, सोमबार ००:००