१ चैत्र २०८१, शनिबार । March 15, 2025

समाचार

प्रधानमन्त्रीले आज तीन वर्षमा भएका मुख्यमुख्य कामका उपलब्धि सुनाउने



काठमाडौँ ३ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले आज तीन वर्षमा भए र गरेका मुख्यमुख्य कामका उपलब्धि सुनाउने भएका छन्।आफ्नो नेतृत्वमा रहेको सरकारले तीन वर्षमा गरेका कामबारे ओलीले जानकारी दिन लागेका बताइएको छ ।

सिंहदरबारस्थित पुनर्निर्माण गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय उद्घाटन कार्यक्रममा ओलीले तीन वर्षमा भएका कामबारे प्रेस विफ्रिङ गर्न लागेका हुन्।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले आज बिहान ११ बजे प्रधानमन्त्री ओलीले मुख्य उपलब्धिहरूबारे जानकारी दिने बताएका छन् ।

प्रकाशित : ३ फाल्गुन २०७७, सोमबार ००:००