२३ माघ २०८१, बुधबार । February 6, 2025

मनोरञ्जन

राजेशको निर्देशनमा निर्मलको जुटौं अबको आयो भिडियो



काठमाडौँ २ फागुन ।  हाल अमेरिकामा बस्दै आएका गायक नेचुरल निर्मलको स्वरमा देशभक्ति भावले ओतप्रोत नयाँ गीत जुटौं अब त उठौं अब तको भिडियो सार्वजनिक भएको छ ।

निर्मलले यो गीतको रेकर्ड पनि अमेरिकाको क्यालिफोर्नियाँमा गरेका हुन् । गीतको रेकर्डिस्ट मुस्कान बलमपाकी हुन् ।
यो गीतमा संगीत पनि निर्मलकै रहेको छ । गीतको रचना गीता बजगाईंले गरेकी हुन् । गीतको संगीत संयोजन र मिक्सिङ विष्णु अधिकारीले गरेका हुन् ।
यो गीतको म्युजिक भिडियो सांस्कृतिक संस्थानका पूर्व महाप्रबन्धक एवम् चलचित्र निर्देशक राजेश थापाले गरेका हुन् ।

थापाले गीतको भिडियोमा देशभक्ति भावलाई निकै प्रभावशाली रुपमा समेटेका छन् । मुलत भारतले कब्जा गरेको नेपालको लिम्पिया धुरा, लिपुलेक र कालापानी जस्ता भूभाग हाम्रै हो भन्ने भावमा यो गीत तयार गरिएको हो । त्यो भूभाव नेपालको हो भनेर भिडियोमा निर्देशक थापाले उठान र पुष्टी गरेका छन् ।

प्रकाशित : २ फाल्गुन २०७७, आइतबार ००:००