२३ माघ २०८१, बुधबार । February 6, 2025

Uncategorized

गायिका प्रेमकला कुवंर मुस्कान को आवाजमा ” आत्म हत्या “सार्वजनिक



काठमाडौँ २ फागुन ।  नेपाली लोकगीत संगीतको क्षेत्रमा आफनो आवाजको माध्यमबाट आम लोकपारखी दर्शक तथा स्रोताको मनमा बस्न सफल गायिका प्रेमकला कुवंर मुस्कान को आवाजमा रहेको निकै वेदना समेटिएको गीत ” आत्म हत्या “गीतको भिडियो सार्वजनिक भएको छ  ।

आफुले माया गर्ने मायालुलाई मायाबाट विछोडिदाको पिडालाई गीतमा समेटिएको छ  । हजारौ सपनाहरु भएपनी जिवनमा पाएको चोटको कारणबाट परेको पिडालाई गीतमा समेटिएको छ । शर्मा जीको शब्द तथा लय सिर्जना गीतमा रहेको छ ।  

गीतलाई महेश पुनले एरेन्ज गरेका छन  । सुनिल विसीको छायाँकन तथा सम्पादन र शर्मा जीको निर्देश्न भिडियोमा रहेको छ  । गीतमा आकांक्षा केसी , सारदा खरेल लगायतको अभिनय रहेको छ ।

प्रकाशित : २ फाल्गुन २०७७, आइतबार ००:००