२ कार्तिक २०८१, शुक्रबार । October 19, 2024

मुख्य खबर

नेपाल चीन व्यापारिक नाका रसुवागढीबाट हुने आयात पुनः प्रभावित



काठमाडौँ २ फागुन । चिनियाँ भन्सार यार्डका श्रमीकहरु ल्होसार छुट्टीमा गएपछि नेपाल चीन व्यापारिक नाका रसुवागढीबाट हुने आयात पुनः प्रभावित भएको छ । कोरोनाका कारण एक वर्षदेखि पूर्ण सञ्चालनमा आउन नसकेको नाकाबाट सिमित रुपमा भईरहेको आयात पनि बिहीबारबाट बन्द भएको रसुवागढी भन्सार कार्यालय प्रमुख रामप्रसाद रेग्मीले बताएका छन् । ‘चिनियाँ कामदारहरु ल्होसार छुट्टीमा गएछन्, दैनिक पाँच कन्टेनरका दरले भइरहेको आयात पनि अहिले ठप्प छ’ भन्सार प्रमुख रेग्मीले भने ।

चिनियाँ भन्सार अधिकारीसँग भएको कुराकानीमा अझै झण्डै १० दिन आयात प्रभावित हुने जनकारी आएको रेग्मीले बताए ।

प्रकाशित : २ फाल्गुन २०७७, आइतबार ००:००