२ कार्तिक २०८१, शुक्रबार । October 18, 2024

मनोरञ्जन

सिडि बिजय र प्रविशा अधिकारीको आवाजमा चर्चित ट्युनको भिडियो रिलिज



काठमाडौँ १ फागुन । गायिका प्रविशा अधिकारि र सिडि बिजय अधिकारिको आवाजमा विश्वभर चर्चित ट्युनमा भिडियो दुरी मजबुरी रिलिज भएको छ ।

टिकटक, भ्ल्ग, युट्युब लगायत थुप्रै स्थानमा पहिलेनै निक्कै चर्चा कमाइसकेको ट्युनमा गायक सिडी बिजय अधिकारीको शब्द र संगीत सिर्जना रहेको छ । इनाक्षी इन्टरटेन्मेण्टले प्रस्तुत गरेको गीतको म्युजिक भिडियोमा कलाकारहरु सुधिर श्रेष्ठ , आशु न्यौपाने, सरोज खनाल, रश्मि भट्ट, दिपकराज पाठक , उत्तम श्रेष्ठ लगायतको अभिनय रहेको छ ।

भिडियोलाई निर्देशक उत्तम श्रेष्ठ शिशिरले निर्देशन गरेका छन् । गीतमा कोरियोग्राफी सन्तोष राजबहाकको रहेको छ । छायांकन ज्ञानेन्द्र शर्मा हुमागाईँको र सम्पादन अमृत चापगाइँको छ।

प्रकाशित : १ फाल्गुन २०७७, शनिबार ००:००