२ कार्तिक २०८१, शुक्रबार । October 19, 2024

समाचार

कोरोनाविरुद्धको ‘कोभिसिल्ड’ खोप नेपाल आइपुग्यो


८ माघ २०७७, बिहिबार ००:००

0
Shares

काठमाडौं । कोभिड–१९ विरुद्धको खोप नेपालमा पनि आइपुगेको छ ।

भारत सरकारले अनुदानमा उपलब्ध गराएको १० लाख डोज कोरोनाविरुद्धको खोप ‘कोभिसिल्ड’ काठमाडौं आइपुगेको बताइएको छ ।

खोप बोकेको एयर इन्डियाको जहाज बिहान ११‍‍‍: ५२ मिनेटमा त्रिभुवन विमानस्थल अवतरण गरेको हो मुम्बईबाट दिल्ली ल्याइएको खोप त्यहाँबाट नेपाल ल्याइएको हो ।

उक्त खोप केहीबेरमा नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले हस्तान्त्रण गर्ने बताइएको छ ।

भारतले पहिलो चरणमा कोभिसिल्ड खोप उपलब्ध गराएको हो । सरकारले ७७ जिल्लामा एकसाथै खोप अभियान सुरु गर्ने गरी तयारी गरिरहेको छ ।

प्रकाशित : ८ माघ २०७७, बिहिबार ००:००