२ कार्तिक २०८१, शुक्रबार । October 18, 2024

समाचार

‘लाइन्स क्लव अफ काठमाडौं आरम्भ’को आयोजनाका रक्तदान कार्यक्रम


८ माघ २०७७, बिहिबार ००:००

0
Shares

काठमाडौं । कोभिड–१९ का कारण देशका विभिन्न ‘ब्लड बैंक’ तथा रेडक्रसहरुमा रगत अभाव देखिन थालेपछि विभिन्न सामाजिक संस्थाहरु रगत संकलनमा लागेका छ । सोहि समस्यालाई मध्यनजर गर्दै ‘लाइन्स क्लव अफ काठमाडौं आरम्भ’ले रक्तदान कार्यक्रम गरेको छ ।

काठमाडौंको शान्तिनगर स्थित ‘वेविलोन नेशनल स्कुल’मा उक्त कार्यक्रम गरिएको हो । उक्त कार्यक्रममा बरिष्ठ गीतकार इन्दिरा बोगटी, कलाकार दिपेन्द्र सोनाम सहितको उपस्थितिमा ३० जना भन्दा बढीले रक्तदान गरेको आयोजक संस्थाले जनाएको छ ।

‘लाइन्स क्लव अफ काठमाडौं आरम्भ’का अध्यक्ष विज्ञान खड्काको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका उपाध्यक्ष विनोद सुवेदीको आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न संस्थाले जनाएको छ । कार्यक्रममा ‘लाइन्स क्लव अफ काठमाडौं ग्रेड नेपाल’ का अध्यक्ष सन्तोष घिमिरे र पूर्व अध्यक्ष सूर्यबहादुर घिमिरेको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।

प्रकाशित : ८ माघ २०७७, बिहिबार ००:००