काठमाडौं । दोलखामा भूकम्पको धक्का महसुस गरिएको छ ।
दोलखाको जुगु आसपास केन्द्र बिन्दु भएर साँझ करिब ५ः२५ बजे ४ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।
भूकम्पको धक्का दोलखा र आसपासका क्षेत्रमा महसुस गरिएको थियो। उक्त भूकम्प २०७२ साल वैशाख १२ गते गएको भूकम्पकै पराकम्प भएको केन्द्रले जनाएको छ ।
यस अघि दार्चुला केन्द्र भएर भूकम्पको पराकम्प गएको थियो।
प्रतिक्रिया