काठमाडौं । आज परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली भारत जादै छन् ।
नेपाल भारत संयुक्त आयोगको छैठौं बैठकमा भाग लिन आज ज्ञवाली भारत जान लागेका हुन। बिहीबार र शुक्रबार नयाँ दिल्लीमा हुने दुई दिने बैठकमा भाग लिन उनी भारत जान लाग्नु भएको हो ।
बिहीबार नै संयुक्त आयोगको बैठक सुरु हुनेछ । शुक्रबार बैठक सम्पन्न भएपछि ज्ञवालीले राजनितिक भेटघाट गर्ने कार्यक्रम तय भएको छ ।
उनी शनिबार स्वदेश फर्कने छन ।
प्रतिक्रिया