काठमाडौं । गृहमन्त्रालयले नेपाल प्रहरीका ११ जना उपरीक्षकहरुको वरिष्ठ उपरीक्षकमा बढुवा सिफारिस गरेको छ ।
गृहले बढुवा सिफारिस हुनेहरुमा कृष्णकुमार महत, गोविन्दकुमार साह, उमाशंकार पञ्जियार, अर्जुन चन्द ठकुरी, जनकराज पाण्डेय, सुरेन्द्रप्रसाद मैनाली, कृष्णहरि शर्मा पोखरेल, चक्रबहादुर सिंह, दिल्लीराज पन्त, मधुसुदन लुईटेल र महेन्द्रप्रसाद पोखरेल रहेका छन्।
बढुवा हुनेहरुमा लागु औषध नियन्त्रण ब्युरोमा कार्यरत एसपी कृष्णकुमार महत पहिलो नम्बरमा छन्।
सिफारिसमाथि मन्त्रिपरिषदले एक सातापछि निर्णय गर्नेछ ।
प्रतिक्रिया