काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल पक्षलाई निर्वाचन आयोगले निर्वाचनसँग सम्बनिधत तयारीहरु रोक्न नसकिने बताएको छ ।
संसद विघटन पछि विभाजित भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहले सोमबार आयोगमै पुगेर निर्वाचनसम्बन्धी कार्यक्रम रोक्न आग्रह गरेको थियो ।
निर्वाचन आयोगले प्रतिनिधि सभाको मध्यावधि निर्वाचनसँग सम्बन्धित तयारीका कार्यक्रमहरु रोक्न नसकिने जनाएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट संसद विघटनसँग घोषणा भएको चुनावको मितिअनुसार नै तयारी अगाडि बढाइएको पनि आयोगले जानकारी दिएको छ ।
निर्वाचनसम्बन्धी कार्यक्रम रोक्नका लागि आग्रह गर्दै अध्यक्षद्वय पुष्पकमल दाहाल (प्रचण्ड) र माधवकुमार नेपाल सोमबार निर्वाचन आयोग पुगेका थिए ।
प्रतिक्रिया