काठमाडौ । गृहजिल्ला चितवनका गृहमन्त्री रामबहादुर थापालाई कालो झण्डा देखाइएको छ ।
भरतपुरको हाकिम चोकमा प्रचण्ड–नेपाल समुहका कार्यकर्ताले कालोझण्डा देखाएका हुन् । यसअघि भरतपुर विमानस्थल परिसरमा कालो बेलुन उडाएर उनको विरोध भएको थियो ।
नेकपा ओली समूहको अगुवा कार्यकर्ता भेलालाई सम्वोधन गर्न बादल सोमबार गृहजिल्ला चितवन पुगेका हुन् ।
पूर्वमाओवादी धारका बादल नेकपा विभाजित बनेपछि ओलीतिर लागेका छन् ।
प्रतिक्रिया