काठमाडौं । लुम्बिनी चिनी मिलका सञ्चालक मनोज अग्रवाललाई प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय अपराध महाशाखाको आग्रहमा जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले अग्रवाललाई वीरगन्जबाट पक्राउ गरेको हो ।
२ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) धीरजप्रताप सिंहले अग्रवाल पक्राउ परेको पुष्टि गरेका छन् ।
पक्राउ परेका अग्रवाललाई काठमाडौं ल्याउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय पर्सा स्रोतले जानकारी दिएको छ ।
प्रतिक्रिया