काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री पठानसिंह बोहोरा लाई मंगलबार पदमुक्त गरिएको छ ।
मुख्यमन्त्री त्रिलोचन भट्टले मन्त्री बोहोरालाई मंगलबार पदमुक्त गरेका हुन् । मन्त्री बोहोरालाई पदमुक्त गरिएको व्यहोरासहितको पत्र बुझाइ सकिएको मुख्यमन्त्री भट्टका प्रमुख स्वकीय सचिव शिवसिंह ओलीले जानकारी दिए ।
मन्त्री बोहोरालाई संवैधानिक व्यवस्थाअनुसार पदमुक्त गरिएको व्यहोरासहितको पत्र बुझाइसकिएको छ,’ मुख्यमन्त्री भट्टका स्वकीय सचिव ओलीले भने ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री भट्ट नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल पक्षका हुन् । बर्खास्तीमा परेका बोहोरा भने प्रधानमन्त्री एवम् नेकपाको अर्को समूहको नेतृत्व गरिरहेका केपी शर्मा ओली निकट मानिन्छन् ।
सुदूरपश्चिम प्रदेश सरकारमा ओली समूहका बोहोरा एक्ला मन्त्री थिए ।
प्रतिक्रिया