काठमाडौं । पछिल्लो २४ घण्टाको विवरण अनुसार नेपालमा थप ६५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ५८ हजार ८४० पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण ७ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १ हजार ८३२ पुगेको छ ।
नेपालमा पछिल्लो २४ घण्टामा थप ७ सय ३१ कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै नेपालमा कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या २ लाख ५० हजार ५८१ पुगेको छ।
नेपालमा क्वारेन्टाइनमा रहनेको संख्या ३६९ रहेको छ ।
प्रतिक्रिया