काठमाडौं, १३ पुस । पछिल्लो विवरण अनुसार विश्वमा एकैदिन ४ लाख ३६५ जनमा कोरोना भाइरस पुष्टि भएको छ ।
वल्डोमिटर्सका अनुसार संक्रमितको संख्या ८ करोड ११ लाख २२ हजार ६ सय ३९ पुगेको छ ।
त्यस्तै विश्वमा कोरोनाबाट ६ हजार ९ सय २९ जनाको मृत्यु भएको छ । यसरी विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या १७ लाख ७१ हजार ३ सय ५५ पुगेको छ ।
त्यस्तै विश्वमा ५ करोड ७२ लाख ७७ हजार १ सय ९ जना संक्रमित कोरोना मुक्त भएका छन् ।
प्रतिक्रिया