१८ माघ २०८१, शुक्रबार । January 31, 2025

समाचार

चिनियाँ टोली नेपाल आइपुग्यो, यस्ता छन् कार्यक्रमहरु


१२ पुस २०७७, आइतबार ००:००

0
Shares

काठमाडौं, १२ पुष । चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभागका उपमन्त्री गुओ येचैको नेतृत्वमा एक टोली नेपाल आइपुगेको छ ।

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपा राजनीतिक रुपमा फुटेको बेला आइतबार उक्त टोली नेपाल आएको हो ।

चार सदस्यीय चिनियाँ टोलीले प्रधानमन्त्रीसमेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । त्यस्तै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालसँग भोलि बिहान भेटघाट गर्ने कार्यक्रम रहेको जनाइएको छ ।

प्रकाशित : १२ पुस २०७७, आइतबार ००:००