२० माघ २०८१, आइतबार । February 3, 2025

समाचार

ओलीले गठन गरे ११९९ जना महाधिवेशन सदस्य समिति


७ पुस २०७७, मंगलबार ००:००

0
Shares

काठमाडौं, ७ पुष । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशन आयोजक समिति गठन गरेका छन् ।

नेकपामा अहिले ४ सय ४६ जनाको केन्द्रीय कमिटी छ । त्यसमा तत्काल ५ सय ५६ जना थप गरेर ११९९ सदस्य आयोजक समिति गठन हुन्।

यसअघि बसेको स्थायी कमिटीको बैठकले चैतमा महाधिवेशन गर्ने निर्णय गरिसकेको छ ।

यता, नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि १ बजे केन्द्रीय कमिटीको बैठक बोलाएका छन् । स्रोतका अनुसार उक्त बैठकमा अध्यबाट केपी शर्मा ओलीलाई कार्वाही गरेर सो स्थानमा वरिष्ठ नेता माधवकुमार नेपाललाई अध्यक्ष बनाउने तयारी भइरहेको छ ।

प्रकाशित : ७ पुस २०७७, मंगलबार ००:००