पुष, ६ काठमाडौं । पछिल्लो विवरण अनुसार नेपालमा थप ७ सय ४२ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ७ सय ४२ जनामा संक्रमण देखिएको हो ।
योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ५४ हजार ५१४ पुगेको छ भन संक्रिय संक्रमितको संख्या ७ हजार ९७६ रहेको छ ।
पछिल्लो २४ घण्टामा १ हजार ७९ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म २ लाख ४४ हजार ७४३ संक्रमणमुक्त भएका छन् ।
यस्तै नेपालमा कोरोनाबाट थप ७ जनाको मृत्यु भएको छ ।
प्रतिक्रिया