काठमाडौं, ३ भदौ । भौतिक पूर्वाधार तथा यातायात एवम् सहरी विकासमन्त्री वसन्तकुमार नेम्वाङ्ले नेपालमा रेलवे सम्बन्धि नीति, पूर्वाधार निर्माण र सञ्चालन सम्बन्धि छलफल तथा परामर्श गरेका छन् ।
विज्ञहरुले नेपालमा रेल सञ्चालनको विषयमा औचित्य छ की छैन भन्ने विषयमा औचित्य रहेको बताएका छन् । उनीहरुले रेल सञ्चालन गर्नका लागि प्राथमिकीकरण गर्नुपर्ने बताएका छन् ।
विज्ञहरुले काठमाडौंमा मेट्रो रेललको सम्भावना र भविष्य भएको पनि बताएका छन् । उनीहरुले थुप्रै देशमा मेट्रोरेलको सञ्चालन गरीरहेको हुनाले नेपालमा भविष्य रहेको उनीहरुले बताएका हुन् ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सिंहदरवारमा आज भएको छलफलमा पूर्वाधार विज्ञ डा. सूर्यराज आचार्य, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका पूर्व सचिव तुलसीप्रसाद सिटौला, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव देबेन्द्र कार्की, प्रधानमन्त्री केपी शर्मा ओलीका विकास विज्ञ गजेन्द्र थपलिया, रेल विभागका महानिर्देशक बलराम मिश्र, मन्त्रालयका सहसचिवहरु प्रमिलादेवी बज्राचार्य, गोपाल प्रसाद सिग्देल, देवीप्रसाद ज्ञवाली लगायत सहभागी थियो ।
प्रतिक्रिया