२४ माघ २०८१, बिहिबार । February 6, 2025

मुख्य खबर

राष्ट्रकविप्रति उपप्रधानमन्त्रीद्वारा राष्ट्रिय झण्डा ओढाइ श्रद्धाञ्जलि अर्पण



काठमाडौं, ३ भदौ । उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले दिवङ्गत राष्ट्रकवि माधवप्रसाद घिमिरेको पार्थीव शरीरमा आज उनको निवास लैनचौरमा राष्ट्रिय झण्डा ओढाइ नेपाल सरकारका तर्फबाट श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।

कविवर घिमिरेको मङ्गलबार साँझ १०१ वर्षको उमेरमा निधन भएको थियो । राष्ट्रकवि घिमिरेको अहिले केहीबेरपछि पशुपति आर्यघाटमा अन्त्येष्टि गरिनेछ ।

प्रकाशित : ३ भाद्र २०७७, बुधबार ००:००