२४ माघ २०८१, बिहिबार । February 6, 2025

मुख्य खबर

प्रधानमन्त्रीले दाबी गरेको पाँच दिनमा नेकपामा भएका यी ४ परिवर्तन



काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विदाद भइरहेको वेला प्रधानमन्त्री केपी शर्मा ओलीले एक टेलिभिजन अन्तरवार्तामा पार्टीको सिनारीयो परिवर्तन हुने दावी गरेका थिए ।
उनले टेलिभिजनमा अन्तरवार्ता दिदै भनेका थिए अवको पाँचदिन भित्रै हेर्नुहोस्, भोलि देखि १, २, ३, ४ गन्नुहोस् अनि कुरा गर्नुहोस् । नभन्दै भोलिपल्ट देखिनै पार्टीको परिवर्तको सिनारीयो परिवर्तन भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकारले आफ्नो फेसबुक स्टाटसमा लेखेका छन् ।
प्रधानमन्त्रीले दावी गरेको भोलिपल्ट देखिनै लामो समयदेखि संवादहिन भएको अध्यक्षद्वयको ९ दिन पछि करिव ३ घण्टा वार्ता भएको थियो । त्यसपछि समस्या समाधानका लागि भन्दै अध्यक्षद्वयले ६ सदस्य रहेको कार्यदल गठन ।
महासचिव विष्णु पौडेलको संयोजकत्वमा गठन भएको कार्यदलमा स्थायी समिति सदस्यहरू भीम रावल, सुरेन्द्र पाण्डे, शंकर पोखरेल, जनार्दन शर्मा र पम्फा भुषाल छन् । गठित कार्यदलकोबाट समस्या समाधान तर्फ सकारात्मक सन्देश गएको कतिपयको ठम्याई छ ।
त्यसपछि भारतसँग को संवादलाई पनि परिवर्तको सिनारीयोको रुपमा देखिएको छ । त्यस्तै सोमबार बसेको सचिवालयको बैठकमा विभिन्न असन्तुष्टिहरुलाई अन्तय गर्दै गठित कार्यदललाई अनुमोदन गरीएको थियो ।

सुर्य थापको फेसबुक स्टाटस यस्तो छ
प्रधानमन्त्री केपी शर्मा ओलीले भूषण दाहालको नयाँ कार्यक्रममा भन्नुभएको थियो….
अबको पाँच दिनभित्रै हेर्नुस, भोलिदेखि १, २, ३, ४, र ५ गन्नुस, अनि प्रश्न सोध्न आउनुहोला । पार्टीभित्रको सिनारियो परिवर्तन भएको पाउनु हुनेछ ।
सिनारियोमा के कस्तो परिवर्तन भइसक्यो त ?
उक्त अन्तर्वार्ताको दोस्रो दिनदेखि नै परिवर्तनकने क्रम यसप्रकार शुरू भयो ?
१. ९ दिन लामो प्रत्यक्ष भेट र संवादहीनता तोडेर दुई अध्यक्षका बीच भेट संभव भएर साउनमा चुलिएको विवादको कृत्रिम चुलीमा ूआइसब्रेकू नै भइहाल्यो ।
२. दुई अध्यक्षद्वारा ६ सदस्यीय कार्यदल गठनको सहमति घोषणा भएर ठोस समझदारी निर्माणको आन्तरिक प्रयाश तीब्र पारिएको छ ।
३. प्रधानमन्त्रीज्यू र भारतीय समकक्षीका बीचको अगस्ट १५ को संवादले चार महिनाअघिको संवादको कडीलाई जोडेर नयाँ सिलसिला शुरू गरेको छ ।
४. हिजो सम्पन्न सचिवालय बैठकले बँचेखुचेका असन्तुष्टि समेत अन्त्प गरेर कार्यदल गठनको प्रक्रियालाई जानरीमा लिएर अनुमोदन गरिसकेको छ ।
आज पाँचौं दिनको भोलिपल्ट हो ।

प्रकाशित : २ भाद्र २०७७, मंगलबार ००:००