सिन्धुपाल्चोक, ३० साउन । आज विहानको पहिरोमा परि वेपत्ताको खोजी कार्य सुरु भएको छ । सिन्धुपाल्चोकको जुगल गाउँपालिका २ लिदीमा गएको पहिरोमा ३७ घर बगाएको थियो ।
उक्त पहिरोमा परि ३८ जना बेपत्ता छन् । उनीहरुको खोजी कार्य सुरु गरीएको गाउँपालिकाले जनाएको छ ।
पहिरामा ३५ घरमा क्षति पुगेको तथा आठ घाइते भएको जुगल गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठले जानकारी दिए । घाइतेमध्ये चार जनाको चौतारा र एक गम्भीर घाइतेको काठमाडौंमा उपचार जारी छ ।
घटनास्थलमा नेपाली सेनासहित सुरक्षाकर्मीले उद्धार शुरु गरेका छन् । पहिरामा बेपत्ता हुने सबै दोङ समुदायका रहेका पालिकाले जनाएको छ ।
गाउँपालिकाले जनाए अनुसार निम्न व्यत्तिहरु वेपत्ता छन्
छविलाल दोङ
सोमरानी दोङ
धनलक्ष्मी
शिरमाया दोङ
विवरानी दोङ
साहिँली दोङ
बिबी लक्ष्मी
सानुकान्छा
साङलामो दोङ
सोनाम दोङ
हिरा भक्ति
जीते झाँक्री
सानुकान्छी दोङ९गर्भवती०
दिन्दुस दोङ
सुरज दोङ
करेसमाई दोङ
च्यामा दोङ
सानु दोङ
टीकामाई दोङ
छिरिङ दोङ
मानबहादुर दोङ
जयबहादुर दोङ
प्रिया दोङ
प्रीति दोङ
कान्छी दोङ
सानुकान्छी दोङ
वाङ्ची लामा दोङ
धनमाया तामाङ दोङ
रेनिस दोङ
मेकमाई दोङ
मिलन दोङ
विमला दोङ
माइला पराङ
प्रकाश दोङ
साइली दोङ
आयुश दोङ
सुवास तामाङ
टीकामाई दोङ
प्रतिक्रिया