विराटनगर, २९ साउन । कोरोनाभाइरसका कारण विराटनगरको कोशी अस्पातालमा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सिरहाको विष्णुपुर गाउँपालिका–१ का ४० वर्षीय पुरुष छन् ।
स्वासप्रश्वाससम्बन्धी समस्याका कारण मंगलबार अस्पताल भर्ना भएका उनको बिहीबार राति उपचारका क्रममा मृत्यु भएको कोशी अस्पतालले जनाएको छ ।
मंगलबार भर्ना भएका उनमा कोरोना संक्रमणको लक्षण देखिएपछि आइसोलेसनमा राखेर उपचार शुरु गरिएको थियो ।
प्रतिक्रिया