२४ माघ २०८१, बिहिबार । February 6, 2025

मुख्य खबर

कालिकोटमा पहिरोले घर पुर्दा ६ जनाको मृत्यु



काठमाडौं, ३० साउन । कालिकोटमा पहिरोले घर पुर्दा ६ जनाको मृत्यु भएको छ । गएराति कालिकोटको महाबै गाउँपालिका वडा नम्बर ३ नकु भन्ने स्थानमा वडा सद रजबहादुर विष्टको घर पुरिँदा ६ जनाको मृत्यु भएको हो ।

पहिरोमा घर पुरिँदा वडा सदस्य विष्टका दुई छोरा, दुई छोरी र उनका दाजु डिल बहादुर विष्टका दुई छोरी गरी छ जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय कालिकोटले भने मृत्यु हुनेहरु चार जना एकै घरका सदस्य र दुई जना छिमेकी भएको जानकारी गराउँदै उनीहरुको सनाखत हुन बाँकी रहेको जनाएको छ ।

प्रकाशित : ३० श्रावण २०७७, शुक्रबार ००:००