२४ माघ २०८१, बिहिबार । February 7, 2025

मुख्य खबर

कोरोनाबाट थप २ जनाको मृत्यु, ७५ पुग्यो मृतकको संख्या



काठमडौं, २५ साउन । नेपालमा कोरोनाभाइरसका कारण पछिल्लो २४ घण्टामा २ जनाको मृत्युभएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै भारसका कारण ७५ जनाको मृत्यु भएको जनाएको छ ।

मृत्यु हुनेमा कास्कीका १ पुरुष र पर्साकी १ महिला रहेको मन्त्रालयका प्रवक्ता प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए ।

मृत्यु हुनेमा कास्की जिल्ला पोखरा महानगरपालिका वडा नं १९ वस्ने ६२ वर्षिय एक पुरुषको मिति २०७७ साल साउन २४ गते राती ११ः३५ बजे उपचारको क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, कास्कीमा दुखद निधन भएको हो । मधुमेहका रोगी निज साउन १७ गते कोभिड पुष्टी भई सोही दिन अस्पतालको आइसियुमा भर्ना भई उपचाररत थिए ।

त्यस्तै पर्सा जिल्ला विरगंज महानगरपालिका वडा नं २ वस्ने २० वर्षिया एक महिलाको मिति २०७७ साउन २४ गते विहान १स्३० बजे दुखद निधन भएको प्रवक्ता गौतमले जानकारी दिए । हाइपो थाइरोडिजमकी बिरामी उनी नारायणी अस्थायी कोरोना विशेष अस्पताल गण्डकमा पुऱ्याइए पछि मृत घोषित भएकी थिइन ।

प्रकाशित : २५ श्रावण २०७७, आइतबार ००:००