२४ माघ २०८१, बिहिबार । February 6, 2025

मुख्य खबर

कोरोनाबाट नेपालमा थप ५ जनाको मृत्यु



काठमाडौं, २२ साउन । कोरोनाभाइरसबाट नेपालमा थप ५ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा भाइरसका कारण मृत्यु हुनेको संख्या ६५ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मृत्यु हुनेमा मोरङ जिल्ला रंगेली नगरपालिका वडा नं ८ दर्वेशा बस्ने ४५ वर्षीया पुरुष रहेका छन् । ज्वरो तथा स्वास प्रश्वास सम्बन्धि समस्या भएका उनको कोशी अस्तालमा उपचारको क्रममा बुधवार निधन भएको हो ।

त्यस्तै मोरङ जिल्ला विराटनगर महानगरपालिका बस्ने ४५ वर्षीय पुरुषको पनि कोरोनाको कारण मृत्यु भएको छ । उनको पनि कोशी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

त्यस्तै मृत्यु हुनेमा सर्लाही जिल्ला मलंगवा नगरपालिका वडा नं ८ बस्ने ६५ वर्षीया महिला रहेकी छिन् । उनको साउन २१ गते सशस्त्र प्रहरी बल अस्पताल बलम्बुमा मृत्यु भएको हो ।

त्यस्तै धनुषा जिल्ला मिथिला नगरपालिका वडा नं १० लालगढ बस्ने ७२ वर्षीया अर्की महिलाको कोरोनाको कारण मृत्यु भएको छ । उनको साउन १७ गते मृत्यु भएको हो । १२ बजे ओम अस्पताल चावहिलमा निधन भएको हो ।

त्यस्तै सप्तरी जिल्ला रुपनी नगरपालिका वडा नं ५ बस्ने ४२ वर्षीय पुरुषको पनि कोरोनाको कारण मृत्यु भएको प्रवक्ता गौतमले जानकारी दिए । उनको बुधवार मृत्यु भएको हो ।

प्रकाशित : २२ श्रावण २०७७, बिहिबार ००:००