२० माघ २०८१, आइतबार । February 2, 2025

मुख्य खबर

प्रदेश २ का मन्त्रीलाई कोरोना संक्रमण



काठमाडौं, २२ साउन । प्रदेश २ का आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

बुधबार साँझ आएको रिपोर्टमा मन्त्री यादव सहित मन्त्रालयका अन्य ७ जनामा पनि कोरोना पुष्टि भएको छ ।

संक्रमित कर्मचारी २८ देखि ५२ वर्ष उमेर समूहका छन् । उनीहरूको पद भने खुलाइएको छैन ।

यसअघि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्का ६ कर्मचारी र सामाजिक विकास मन्त्रालयका ३ कर्मचारीको पीसीआर रिापोर्ट पोजिटिभ आएको थियो ।

प्रकाशित : २२ श्रावण २०७७, बिहिबार ००:००