काठमाडौं, २२ साउन । पछिल्लो समय चीन र भारतबीचमा सिमा विवादका कारण लगातार सम्बन्ध विग्रदै गएको छ ।
भारत र चीनका सैनिकबीच गत १५ जूनमा भएको हिंस्रक झडपमा भएको थियो । उक्त २० जना भारतीय सैनिकको ज्यान गएको थियो । अहिले दुबै देशले सीमामा आफ्ना सैन्य शक्ति बढाईरहेका छन् ।
यसैबीच चीनसँग लड्नको लागि अमेरिका अब भारतलाई हतियार दिने तयारीमा लागेको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार यी हतियारहरुमा सशस्त्र ड्रोन पनि सामेल छ ।
यसले हजार वटा भन्दा धेरै बम र मिसाइल बोकेर लैजान सक्छ ।
अमेरिकाले यहि महिनामै भारतलाई हतियार दिन लागेको भारतीय सञ्चारमाध्यमहरुको दाबी छ । ऐजेन्सी
प्रतिक्रिया