काठमाडौं, २० साउन । नेपालमा कोरोनाभाइरसबाट थप १ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मोरङका जिल्लाका ७७ वर्षीय पुरुष रहेका छन् ।
योसँगै कोरोनाको कारण मृत्यु हुनेको संख्या ५८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।
मृतकमा मधुमेह तथा श्वासप्रश्वास सम्बन्धि समस्या रहेको थियो ।
प्रतिक्रिया