काठमाडौं, २० साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना नियन्त्रणमा सरकारलेमात्र नपुगेको बताएका छन् । बालुवाटारमा कोरोना भाइरस जोखिमको न्युनिकरणकाा लागि विज्ञहरुसँगको छलफलमा उनले त्यस्तो बताएका हुन् ।
ओलस्ले सरकारसँगै सामाजिक क्षेत्रमा क्रियाशील अन्य निकाय, राजनीतिक दल र संघ–संस्थाले पनि कोरोनाविरुद्धको जनचेतना फैलाउन भूमिका खेल्नुपर्ने बताए ।
उनले भने–सरकारको कामले मात्रै पुग्दैन, कोरोनासँग लड्न जति जनचेतना बढाउन सक्यौं त्यति नै सजिलो हुन्छ ।
सरकारले लकडाउन खुकुलो बनाएसँगै संक्रमितहरु थपिन क्रम बढेपछि थप रणनीति बनाउनका लागि भन्दै प्रधानमन्त्री ओलीले जनस्वास्थ्य विज्ञसँग परामर्श शुरु गरेका हुन् ।
प्रतिक्रिया