२४ माघ २०८१, बिहिबार । February 6, 2025

मुख्य खबर

गुल्मीमा पहिरोमा पुरिएर एकैघरका चारजनाको मृत्यु



गुल्मी । गुल्मीमा पहिरोमा पुरिएर एकै घरका पाँच जनाको ज्यान गएको छ । रुरुक्षेत्र गाउँपालिका वडा नम्बर ५ टाहाटिममा पहिरोमा हिजो शुक्रबार साँझ परेको अविरल बर्षाले टाहाटिमस्थित राजु बोटेको घरमाथिबाट आएको पहिरोमा पुरिएर उनकी श्रीमती, दुई छोरा र एक छोरीको ज्यान गएको वडाध्यक्ष हरिप्रसाद ज्ञवालीले जानकारी दिए ।

राजु बोटे रोजगारीको लागि भारतमा छन् । अहिले उद्वारको लागि स्थानीयको साथै इलाका प्रहरी कार्यालय, रिडी र इलाका प्रहरी चौकी, जुहाङ्गको टोली पुगेको छ । साँझको समयमा भएको बर्षाका कारण पहिरो गएको र अझै पनि लगातार पानी परिरहेकोले उद्वारमा कठिनाई भएको प्रहरीले जनाएको छ । थप विवरण आउन बाँकी छ ।

प्रकाशित : १७ श्रावण २०७७, शनिबार ००:००