काठमाडौं, ९ साउन । कोरोनाभाइरसका कारण नेपालमा थप १ जनाको मृत्यु भएको छ । मृत्यृ हुनेमा पर्सा जिल्ला वीरगञ्ज महानगरपालिका वडा नं ११ स्थित रानिघाटकी ८५ वर्षीया महिला रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
उनको आज बिहान ६ बजेर ४५ मिनेटमा वीरगञ्जस्थित नारायणी अस्पतालमा मृत्यु भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।
प्रतिक्रिया