काठमाडौं, ७ साउन । आज छापावाला सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।
बुधबार(आज) छापावाल सुन बुधबार तोलामा ९४ हजार रुपैयाँमा कारोबार भएको छ ।
मंगलबार तोलामा ९२ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । मंगलबारको तुलनामा बुधबार सुनको मूल्य तोलामा १३०० रुपैयाँले बढेको हो ।
बुधबार तेजावी सुन तोलामा ९३ हजार ५६० रुपैयाँमा कारोबार भएको छ ।
यसैबीच बुधबार चाँदीको मूल्य पनि बढेको छ । मंगलबार १०४० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार ११३५ रुपैयाँमा कारोबा भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
प्रतिक्रिया