२० माघ २०८१, आइतबार । February 2, 2025

मुख्य खबर

कोरोनाभाइरस : कुन देशमा कस्तो छ महामारीको अवस्था ? हेर्नुहोस् पछिल्लो विवरण



काठमाडौं, ७ साउन । स्वास्थ्य क्षेत्रको ठूलो चुनौती रहेको कोरोनाभाइरसका कारण विश्वभर ६ लाख १५ हजार ८ सय ८० जनाको मृत्यु भएको छ । यो समाचार तयार पार्दासम्म विश्वभरका १ करोड ४९ लाख ७० हजार ३ सय ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

विश्वभरबाट ८९ लाख ९० हजार ९ सय ११ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । संक्रमितमध्ये ६३ हजार ६ सय ७२ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटर जनाएको छ ।

सबैभन्दा बढी कोरोना संक्रमणको असर संयुक्त राज्य अमेरिकामा देखिएको छ । अमेरिकामा १ लाख ४४ हजार ३ सय ७७ जनाको ज्यान गइसकेको छ । बितेको २४ घण्टामा २६ हजार ९ सय १५ जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या ३९ लाख ८८ हजार ३ सय ४४ पुगेको छ ।

१८ लाख ६२ हजार ३ सय ६० जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये १६ हजार ६ सय १० जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै बितेको २४ घण्टामा मात्र ५ सय ५३ जनाको कोरोनाको कारण ज्यान गएको छ ।

ब्राजिलमा बितेको २४ घण्टामा ७ हजार ४ सय ८ जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या २१ लाख २९ हजार ५३ पुगेको छ । ब्राजिलमा कोरोनाको कारण ८० हजार ४ सय ९३ जनाको कोरोनाको कारण ज्यान गएको छ । ब्राजिलमा तथ्यांक अनुसार १४ लाख ९ हजार २ सय २ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये ८ हजार ३ सय १८ जनाको अवस्था गम्भीर रहेको छ । भने बितेको २४ घण्टामा मात्र कोरोनाको कारण २ सय ४२ जनाको ज्यान गएको छ ।

भारतमा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या २८ हजार ७ सय पुगेको छ । पछिल्लो २४ घण्टामा ३७ हजार २ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या ११ लाख ९२ हजार १ सय ५१ पुगेको छ । हालसम्म ७ लाख ५२ हजार ३ सय १२ जना कोरोना उपचारपछि निको भएर घर फर्किएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै बितेको २४ घण्टामा मात्र कोरोनाको कारण ६ सय ७० जनाको ज्यान गएको र संक्रमित मध्ये ८ हजार ९ सय ४४ जनाको अवस्था गम्भीर रहेको छ ।

रसियामा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या १२ हजार ५ सय ८० पुगेको छ । बितेको २४ घण्टामा ५ हजार ८ सय ४२ जनामा कोरोना पुष्टि भएको र १ सय ५३ जनाको कोरोनाको कारण ज्यान गएको छ । ७ लाख ८३ हजार ३ सय २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भने संक्रमितमध्ये ५ लाख ६२ हजार ३ सय ८४ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये २ हजार ३ सय जनाको अवस्था गम्भीर रहेको छ ।

त्यस्तै दक्षिण अफ्रिकामा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ५ हजार १ सय ८४ पुगेको छ । हालसम्म ३ लाख ७३ हजार ६ सय २८ जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै संक्रमितमध्ये ५ सय ३९ जनाको अवस्था गम्भीर रहेको छ । भने बितेको २४ घण्टामा त्यहाँ कोरोनाको कुनै असर देखिएको छैन् ।

पेरुमा बितेको २४ घण्टामा कोरोना संक्रमणको कुनै असर देखिएको छैन् । हालसम्म पेरुमा १३ हजार ३ सय ८४ जनाको कोरोनाको कारण ज्यान गएको छ । त्यस्तै ३ लाख ५७ हजार ६ सय ८१ जनामा कोरोना संक्रमण देखिएको छ । हालसम्म २ लाख ४५ हजार ८१ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये १ हजार ३ सय ३ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

मेक्सिकोमा बितेको २४ घण्टामा ५ हजार १ सय ७२ जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या ३ लाख ४९ हजार ३ सय ९६ पुगेको छ । हालसम्म कोरोनाको कारण ३९ हजार ४ सय ८५ जनाको ज्यान गएको र पछिल्लो २४ घण्टामा मात्र ३ सय १ मृतक थपिएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । हालसम्म मेक्सिकोमा २ लाख २२ हजार ६८ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये ३ हजार ९ सय ९ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

चिलिमा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ८ हजार ६ सय ७७ पुगेको छ । चिलिमा बितेको २४ घण्टामा १ हजार बढीमा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या ३ लाख ३४ हजार ६ सय ८३ पुगेको छ । त्यस्तै संक्रमितमध्ये ३ लाख ६ हजार ८ सय १६ जना कोरोना उपचारपछि निको भएर घर फर्किएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । भने संक्रमितमध्ये १ हजार ७ सय २८ जनाको अवस्था गम्भीर रहेको छ ।

स्पेनमा यो समाचार तयार पार्दासम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या २८ हजार ४ सय २४ पुगेको छ । हालसम्म ३ लाख १३ हजार २ सय ७४ जनामा कोरोना संक्रमण देखिएको र संक्रमितमध्ये ६ सय १७ जनाको अवस्था गम्भीर रहेको छ । वल्डोमिटरको तथ्यांक अनुसार स्पेनमा बितेको २४ घण्टामा २ जनाको कोरोनाको कारण ज्यान गएको छ र १ हजार ३ सय बढीमा संक्रमण फैलिएको छ ।

प्रकाशित : ७ श्रावण २०७७, बुधबार ००:००