काठमाडौं ७, साउन । पुराना कम्युनिस्ट नेता बरमन बुढाको ९० वर्षको उमेरमा निधन भएको छ। आन्द्रामा क्यान्सर भएका बुढाको उपचारको क्रममा ललितपुरको पाटन अस्पतालमा आज (बुधबार) बिहान निधन भएको हो।
तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको दश वर्षे जनयुद्धमा पनि सहभागी बुढा २०४८ सालमा जनमोर्चाबाट सांसद भएका थिए।
गाउँमा मुखियाहरूले गर्ने दमन, शोषण र अत्याचारविरुद्ध बुढाले चर्को आवाज उठाएका थिए। त्यसपछि जेल पनि परे।
प्युठान कारागारमा रहँदा तत्कालीन वामपन्थी नेता मोहनविक्रम सिंहसँग भेट भएपछि उनी कम्युनिस्ट आन्दोलनमा होमिएका थिए।
रोल्पा घर भएका बुढाले २०१२ सालमा गृहजिल्ला पुगेर कम्युनिस्टको विजारोपण गरेको बताइन्छ।
प्रतिक्रिया