२६ फाल्गुन २०८१, सोमबार । March 11, 2025

Uncategorized

आज हल्कादेखि भारी वर्षा हुने



काठमाडौं ७, साउन । देशभर आज मौसम सामान्य बदली भएर हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ।

मौसमविद् विभूति पोख्रेलले हिजो–अस्तीभन्दा निक्कै कम पानी पर्ने बताए।केही ठाउँमा भने ठूलो पार्ने पर्ने सम्भावना छ। कम ठाउँमा ठूलो पानी पर्ने भएपनि अन्यन्त्र पनि बाढी पहिरोको जोखिम भने कायमै छ।

यसअघि नै माटो गलिसकेकोले विशेषगरी बाढीको भन्दा पहिरोको सम्भावना बढी रहेको मौसमविद् पोख्रेलको भनाई छ।

मङ्गलबार एकै दिन देशको विभिन्न ठाउँमा पहिरोमा पुरिएर नौं जनाको ज्यान गएको थियो। केही घाइते भएका छन्।

प्रकाशित : ७ श्रावण २०७७, बुधबार ००:००