२० माघ २०८१, आइतबार । February 2, 2025

मुख्य खबर

६ सय ९ जना कोरोना संक्रमित डिस्चार्ज



काठमाडौं, ६ साउन । वितेका २४ नेपालमा ६०९ कोरोनाभाइरसका संक्रमित निको भएर घर फर्कीएका छन् ।

योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १२ हजार ४७७ पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

मन्त्रालयका अनुसार हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ४० पुगेको छ ।

मन्त्रालयका अनुसार हालसम्म सबैभन्दा धेरै संक्रमित प्रदेश नम्बर २ मा देखिएका छन्। प्रदेश २ मा हालसम्म ४ हजार ८८५ जनालाई कोरोना संक्रमण भएको छ। जससध्ये २ हजार ७६६ जना निको भइसकेका छन्।

प्रकाशित : ६ श्रावण २०७७, मंगलबार ००:००