२० माघ २०८१, आइतबार । February 2, 2025

मुख्य खबर

नेपालमा कोरोना संक्रमित संख्या १८ हजार नजिक



काठमाडौं, ६ साउन । पछिल्लो २४ घण्टामा थप १५० जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १७ हजार ९९४ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले नेपालमा (कोभिड १९) संक्रमण पुष्टि भएका संक्रमितहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् । संक्रमण पुष्टि भएकाहरुको सम्पर्कमा रहेकाहरुको कन्ट्याक ट्रेसिङ गर्ने कार्य भईरहेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित : ६ श्रावण २०७७, मंगलबार ००:००