काठमाडौं, ६ साउन । कोरोनाभाइरसका कारण विश्वभर ६ लाख १३ हजार २१३ जना मानिसको मृत्यु भएको छ । स्वास्थ्य क्षेत्रकै ठुलो चुनौतिको रुपमा रहेको भाइरस १ करोड ४८ लाख ५२ हजार ७०० जनालाई देखिएको छ ।
८९ लाख ६ हजार ६९० जना कोरोना संक्रमण मुक्त भएका छन् भने विश्वमा ५९ हजार ८१६ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै कोरोनाबाट अत्याधिक प्रभावित बनेको देश अमेरिकामा अहिलेसम्म १ लाख ४३ हजार ८३४ जनाको मृत्यु भईसकेको छ भने ३९ लाख ६१ हजार ४२९ जनालाई संक्रमण भएको छ । त्यस्तै १८ लाख ४९ हजार ९८९ जना कोरोना संक्रमण मुक्त भएका छन् भने १६ हजार ६१६ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
ब्राजिलमा कोरोनाबाट ८० हजार २५१ जनाको मृत्यु भएको छ भने २१ लाख २१ हजार ६४५ जनालाई संक्रमण भएको छ ।
१४ लाख ९ हजार २०२ जना कोरोना संक्रमण मुक्त भएका छन् भने ८ हजार ३१८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
भारतमा २८ हजार ९९ जनाको मृत्यु भएको छ भने ११ लाख ५४ हजार ९१७ जनालाई संक्रमण भएको छ ।
७ लाख २४ हजार ७०२ जना कोरोना संक्रमण मुक्त भएका छन् भने ८ हजार ९४४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
रुसमा १२ हजार ४२७ जनाको मृत्यु भएको छ भने ७ लाख ७७ हजार ४८६ जनालाई संक्रमण भएको छ । त्यस्तै ५ लाख ५३ हजार ६०२ जना कोरोना संक्रमण मुक्त भएका छन् भने २ हजार ३०० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
दक्षिण अफ्रिकामा अहिलेसम्म ५ हजार १७३ जनाको मृत्यु भईसकेको छ भने ३ लाख ७३ हजार ६२८ जनालाई संक्रमण भएको छ ।
त्यहाँ १ लाख ९४ हजार ८६५ जना कोरोना संक्रमण मुक्त भएका छन् भने ५३९ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै पेरुमा अहिलेसम्म १३ हजार ३८४ जनाको मृत्यु भएको छ भने ३ लाख ५७ हजार ६८१ जनालाई संक्रमण भएको छ ।
त्यस्तै २ लाख ४५ हजार ८१ जना कोरोना संक्रमण मुक्त भएका छन् भने १ हजार ३०३ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
मेक्सिकोमा अहिलेसम्म ३९ हजार ४८५ जनाको मृत्यु भएको छ भने ३ लाख ४९ हजार ३९६ जनालाई संक्रमण भएको छ ।
२ लाख २२ हजार ६८ जना संक्रमण मुक्त भएका छन् भने ३७८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ३०१ जनाको मृत्यु भएको छ भने ५ हजार १७२ जना नयाँ संक्रमित थपिएका छन् ।
चिलीमा ८ हजार ६३३ जनाको मृत्यु भएको छ भने ३ लाख ३३ हजार २९ जनालाई संक्रमण भएको छ ।
त्यहाँ ३ लाख ३ हजार ९९२ जना संक्रमण मुक्त भएका छन् भने १ हजार ७६४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
स्पेनमा २८ हजार ४२२ जनाको मृत्यु भएको छ भने ३ लाख ११ हजार ९१६ जनालाई संक्रमण भएको छ ।
६१७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
बेलायतमा ४५ हजार ३१२ जनाको मृत्यु भएको छ भने २ लाख ९५ हजार ३७२ जनालाई संक्रमण भएको छ । त्यहाँ १४२ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
ईरानमा अहिलेसम्म १४ हजार ४०५ जनाको मृत्यु भएको छ भने २ लाख ७६ हजार २०२ जनालाई संक्रमण भएको छ ।
त्यहाँ २ लाख ४० हजार ८७ जना संक्रमण मुक्त भएका छन् भने ३ हजार ५८३ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
पछिल्लो २४ घण्टामा विश्वमा ३७१ जनाको मृत्यु भएको छ । भने ७ हजार १६ जना नयाँ संक्रमित पुष्टि भएका छन् ।
प्रतिक्रिया