१८ माघ २०८१, शुक्रबार । January 31, 2025

मुख्य खबर

यातायात मजदुरहरूको कोरोना बीमा हुने



काठमाडौं ५, साउन । सार्वजनिक यातायातका मजदुरहरूको पनि कोरोना बीमा हुने भएको छ।

यातायात व्यवस्था विभाग, महानगरीय ट्राफिक महाशाखा, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र टे«ड युनियनहरूका प्रतिनिधिबीच भएको छलफलमा मजदुरहरूको कोरोना बीमा गर्ने सहमति भएको हो।

बीमा गर्नेबारे भएको सहमतिमा यातायात व्यवस्था विभागका महानिर्देशक गोगनकुमार हमाल पनि सहभागी थिए।

मजदुर नेता तथा नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीम ज्वाला राईले कोरोना बीमाको आधा रकम सरकार र आधा चाहिँ यातायात व्यवसायीले बेहोर्ने बाए।

‘कोरोनाका कारण कुनै मजदुरको मृत्यु भए क्षतिपूर्ति दिन कोष बनाउने विभागले मन्त्रालयमा सिफारिस गर्नेछ।’ अध्यक्ष राईले बताए।

यससँगै यातायात श्रमिकहरूका लागि मास्क, स्यानिटाइजर, पन्जा, पिपिई सम्बन्धित व्यवसायीले उपलब्ध गराउने पनि उनले बताए।

प्रकाशित : ५ श्रावण २०७७, सोमबार ००:००